वडा सदस्य विनोदद्वारा विद्यार्थीलाई खेलकुद पोशाक सहयोग

  • ख-
  • ख+

गुणादीः म्याग्दे १ का वडा सदस्य विनोद खनालले महेन्द्र माविमा अध्यनरत विद्यार्थीलाई खेलकुद पोशाक सहयोग गरेका छन् । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच एक सय ५० जना विद्यार्थीलाई सदस्य खनाल र उनकी धर्मपत्नी इन्दिरा खनालले संयुक्त रूपमा खेलकुद पोशाक सहयोग गरेका हुन् ।

हौसला र प्रेरणाका लागि व्यक्तिगत श्रोतबाट बालबालिकालाई सहयोग गरेको खनालले बताए । आफ्ना बुवा स्वर्गीय पण्डित हरिभक्त खनाल विद्यालयको संस्थापक प्रधानाध्यापक भइ धेरै दुःख तथा योगदान गर्नुका साथै आफूले कखरा समेत सिकेको खनालले बताए ।

कार्यक्रममा म्याग्दे १ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवशरण वाग्लेले जनप्रतिनिधि भएर गरिएको सहयोग प्रसंशनिय भएको बताए । सहयोगले अभिभावकलाई समेत आर्थिक बोझ कम हुने वाग्लेको भनाइ थियो । पाँच वर्ष पुग्नै लाग्दा चुनावमा गरेको बाचा पूरा गर्दै कार्यकाल सफल बनाउने तिर लागेको वाग्लेले बताए ।

त्यसैको फलस्वरुप गाउँपालिकाबाट महेन्द्र माविलाई बजेट पर्याप्त पार्न सफल भएको वाग्लेले दावी गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजयराज खनालको अध्यक्षतामा भएको सहयोग कार्यक्रममा सहयोगी खनालको धर्मपत्नी इन्दिरा खनाल, प्रधानाध्यापक सोमबहादुर थापा, शिक्षक देवनारायण श्रेष्ठ लगायतकाले खनाल दम्पत्तीको सहयोगको प्रशंसा गरे । निःशुक रूपमा पोशाक पाउँदा विद्यार्थीहरू खुसी भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी