भानुका तीन विद्यालयलाई एसियन फोरमको तीन लाख छात्रवृत्ति

  • ख-
  • ख+

राजेश कार्की
भानु: एसियन फोरम नेपालले भानु नगरपालिका भित्रका तीन विद्यालयलाई ३० हजार रुपैयाँबराबरको छात्रवृत्ति सहयोग गरेको छ ।
होमराज लोहोनी शारदा शिक्षा सदन भानु-२ नारेश्वरटार, हिमालय मा वि -३ चाम्बास, जनजागृति मा वि -३ तुरतुरेमा अध्ययन गर्ने अति गरिब तथा जेहेन्दार छात्र-छात्राहरुको लागि प्रति बिध्यालय १०-१० जनालाइ रु १०,०००(दस हजार) का दरले शैक्षिक छात्रवृत्ति सहयोग गरिएको छ ।
यस अघि पनि विभिन्न समयमा फोरमले बिध्यालयको भौतिक सुधारको निमित्त सहयोग गरेको थियो। कार्यक्रममा यसियन फोरम नेपालका लेखा तथा प्रशासनका निर्देशक एकलाल न्यौपानेले विध्यार्थीको भविष्यलाई मध्यनजर राख्दै उक्त रकम सहयोग गरेको र अभिभावक ज्युहरुले विद्यार्थी कै शैक्षिक सामाग्रीका निम्ति खर्च गरिदिनुहुन अनुरोध गरे ।
एसियन फोरम नेपालको केन्द्रिय सदस्य तोरण अधिकारी, एसियन फोरम गण्डकी प्रदेश का संयोजक लक्ष्मण बानियाँ , एसियन फोरम भानु इकाइका अध्यक्ष दिपकराज उपाध्याय लगायतको उपस्थिति रहेको थियो। भानु-२ का वडा अध्यक्ष अर्जुनबहादुर केसिले सहयोगका लागि आग्रह गरे ।
होमराज लोहोनी शारदा शिक्षा सदन भानु-२ का विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नवीन दाहालले फोरमले भानु-२ नारेश्वरटारमा भानु सामुदायिक स्वास्थ केन्द्र स्थापना ,भानु महिला बिकास संस्था भानु-२ मा कमप्युटर सहयोग ,होरालो शारदा शिक्षा सदनमा भवन बनाउन अाठ लाख रुपैया ,विभिन्न समयमा धेरै सहयोग आइसकेको र भानुलाइ माया गरेको भन्दै धन्यवाद दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी