नेपाली कांग्रेस तनहुँ बैठकः आमन्त्रित सदस्यमा ६ मनोनित, विभागहरुका संयोजक तोकिए

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँको दोश्रो पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन गरेको छ । यसका अलावा बैठकले छ नेताहरुलाई आमन्त्रित सदस्यमा पनि मनोनित गरेको छ ।


पार्टी सभापति जीतप्रकाश आलेको सभापतित्व र केन्द्रीय सदस्य शंकर भण्डारीको उपस्थितिमा बसेको बैठकले विकास तथा स्थानीय तह समन्वय शाखा संयोजकमा निवर्तमान सभापति बैकुण्ठ न्यौपानेलाई जिम्मेवारी तोकेको छ ।


प्रशिक्षण शाखा संयोजकमा उप सभापति देवकुमार श्रेष्ठ, सगठन शाखा संयोजकमा विश्व बाँस्तोला तथा प्रशिक्षण शाखा उप–संयोजकमा डा. शेषरमण न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।


बैठकमार्फत आमन्त्रित सदस्यमा पूर्णबहादुर कुँवर, माधव लम्साल, भोजराज रानाभाट, सीता पौडेल, विष्णु घिमिरे र तारानरेश पौडेल मनोनित भएको बुझिएको छ । तर यसबारे पार्टीले आधिकारिक घोषणा भने गरि नसकेको बुझिएको छ । बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारी पनि उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी