‘वैशाख ३० गते स्थानीय चुनाव’

  • ख-
  • ख+

काठमाडौंः सरकारले एकै चरणमा आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तय गरेको छ ।

बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति तय भएको बालुवाटार श्रोतलाई उद्धृत गर्दै राष्ट्रियस्तरका अनलाइनहरुमा समाचार छ । एक मन्त्रीले बैठकस्थलबाटै यस्तो जानकारी दिएको समाचारमा छ ।

यस अघि उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठकमा जेठ ४ भित्र स्थानीय तह निर्वाचन गर्ने विषयमा छलफल भएको थियो ।

यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सहयात्री माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल तथा विपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार परामर्श गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी