म्याग्देको पूर्वाधार निर्माण वर्ष: प्रशासकीय भवन ८ करोडमा बन्दै, काम द्रुत गतिमा

  • ख-
  • ख+

विकास खनाल
म्याग्देः
म्याग्दे गाउँपालिकाद्वारा निर्माण हुन लागेको प्रमुख प्रशासकीय भवनको काम तीव्र गतिमा अगाडि बढेको गाउँपलिकाले जनाएको छ । झण्डै आठ करोड रूपैयाँको लागतमा बन्ने भवनको तीव्र गतिमा काम अघि बढिरहेको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् । अत्याधुनिक सुविधा सम्पन्न ३ तले भवन बन्ने रानाले बताइन् ।

अहिले भुइँ तलामा ढलानका लागि रड बुनेर पिल्लर राख्ने काम भइरहेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । भवनको सात करोड ४८ लाख लागत अनुमान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।
सुसान जेभि रानीबारीले भवन निर्माणको ठेक्का पाएको र समयमै भवन निर्माण सकिसक्ने गरि काम अगाडि बढेको अधिकारीले बताए ।

‘२०७७ साल चैत १२ गते निर्माणको सम्झौता भइ २०७९ साल चैत १२ गते सम्पन्न गर्ने गरि सम्झौता भएको छ,’ अधिकारीले भने । प्रशासनिक भवन निर्माण सम्पन्न पश्चात् गाउँपालिका बाट हुने दैनिक सेवा प्रवाहमा सहज हुने अध्यक्ष रानाको भनाइ छ ।

सभाहलको काम पनि अघि बढ्दै
गाउँपालिकाले सभाहल निर्माणको कामलाई पनि तीव्रता दिएको छ । सभाहलका लागि ९ करोड ७९ लाख ५७ हजारमा डिपिआर तयार र ५ करोड ९५ लाख ८५ हजार ४ सय ९९ को सुर्य लोयलसँग सम्झौतासँगै काम अगाडि बढाइएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । २०७७ माघ २ गते सम्झौता भइ आगामी वर्ष असोज २५ गते सम्पन्न गर्ने गरि सम्झौता भएको अधिकारीले बताए ।

पुर्वाधार निर्माण वर्षको रूपमा लिएको गाउँपालिकाले थर्पु स्वास्थ्य चौकीलाइ १० शैय्याको आधारभुत अस्पताल भवन निर्माणलाई पनि तीव्रता दिएको गाउँपलिकाले जनाएको छ ।
भवनका लागि सात करोड ३४ लाख ५० हजार १ सय ९६ मा ऋषिशक्ति होम निर्माण सेवालाई ठेक्का सम्झौता गरि काम अगाडि बढाइएको गाउँपालिकाका ईन्जिनियर रोमन पण्डितले बताए । गत जेठ ३० गते सम्झौता भइ २०८० साल जेठ १० गते सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको गाउँपलिकाको भनाइ छ ।

गाउँपालिकाले सबै वडाहरूको पनि आफ्नै भवन निर्माण गरि सेवाग्राहीलाई सहज सेवा दिने गरि कामलाई तिव्रता दिएको छ । यश अगाडि नै वडा नं १ र ५ को सुविधासम्पन्न भवन तयार भइ नयाँ भवन बाट काम सुरु भैसकेको छ भने वडा नं ३ , ४ , ६ र ७ को भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वडा नं ३ को भने पुरानो जामुने गाविस भवनबाट काम भइरहेको छ । सबै वडा भवन छिट्टै सम्पन्न हुने र जनताको काम आफ्नै भवनबाट सहज तरिकाले दिने गाउँपालिकाको लक्ष्य तथा योजना रहेको गाउँपालिका अध्यक्ष मायादेवी रानाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी