समाजवादीनिकट कर्मचारीको पेशागत महासंघ गठन

  • ख-
  • ख+

दमौलीः नेकपा (एकीकृत समाजवादी ) निकट पेशाकर्मी कर्मचारीहरुको संगठन पेशागत महासंघ तनहुको भेला एकदेव आले स्मृति भवन व्यास ३ दमौलीमा सप्पन्न भएको छ भेलाले दामोदर कार्की अध्यक्षतामा १७ सदस्यीय कमिटी चयन गरेको छ ।


भेलामा नेकपा (एकीकृत समाजवादी ) गण्डकी प्रदेश सचिव एवं पोलिट्ब्युरो सदस्य प्रतापलाल श्रेष्ठले पेशाकर्मी बुद्धिजीवीहरु संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै राष्ट्रिय स्वाधीनताको पक्षमा दृढ रहन भन्दै पास गर्न नहुने धारणा राखे ।

कार्यक्रममा पेशागत बुद्धिजीवीका केन्द्रीय उपाध्यक्ष प्राडा टंक अधिकारी प्रदेश उपाध्यक्ष एवं शैक्षिक तालीम केन्द्र प्रमुख नेपालहरि रानाभाट, नेकपा ( एकीकृत समाजवादी ) जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ जिल्ला सचिव श्रीराम कार्की पेशागत केन्द्रीय सदस्य शिव पौडेल लगायतले शुभकामना तथा बधाई ज्ञापन गरेको पार्टी जिल्ला सचिव श्रीराम कार्कीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी