काङ्ग्रेस नेता मल्ल द्वारा हाेमस्टेलाइ सहयोग

  • ख-
  • ख+

म्याग्दे: नेपाली काङ्ग्रेसका नेता एवम् तनहुँ क्षेत्र नं २ का क्षेत्रीय सदस्य हिम कुमार मल्ल ( दिपक) ले हाेमस्टेलाइ सहयोग गरेका छन् ।

तनहुँ स्थित म्याग्दे गाउँपालिका वडा नं ४ गैह्रा गाउँमा भर्खर मात्र सुरुवात भएको सामुदायिक होमस्टेको प्रोत्साहन एवम प्रवर्धन गर्ने हेतुले अाँफुले २५ हजार मुल्य बराबरकाे चरेसकाे थाल र कचाैरा सहयोग गरेको मल्लले बताए ।

मल्लले बुधबार हाेमस्टेका अध्यक्ष जितबहादुर अाले लगायतका सञ्चालकहरू लाई उक्त सहयोग गरेका हुन् । सहयोग कार्यक्रममा काङ्ग्रेस नेताहरू जितराज राना, हुत्तमणी अधिकारी, जुक्तराज वाग्ले, भिमलाल श्रेष्ठ, बम बहादुर थापा लगायतको उपस्थिति रहेको सहयोगी दिपकले बताए ।

युवा व्यबसायि समेत रहेका मल्लले गरेको सहयोग प्रति हाेमस्टेका अध्यक्ष जितबहादुर अालेले धन्यवाद प्रकट गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी