म्याग्दे गाउँपालिकामा थप २ दिन सेवा बन्द हुने

  • ख-
  • ख+

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिमामा थप २ दिन सेवा बन्द हुने भएको छ ।

गाउँपालिकाले २०७८ माघ ७ गते प्रकाशन गरेको सुचना अनुसार गाउँपालिका भित्र कोरोना भाइरस कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन लगायतका विभिन्न भेरियन्टका कारण गाउँपालिकाका जनप्रतिनिधि तथा सेवा प्रभाह गर्ने कर्मचारीहरू संक्रमित भइ आइसोलेसनमा रहेको तथा उहाँहरूको सम्पर्कमा रहेका जनप्रतिनिधि, कर्मचारी तथा नागरिकहरूलाई थप संक्रमण हुन नदिनको लागि माघ ९ गते देखि माघ १२ गतेसम्म ४ दिन अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरेको थियो ।

४ दिनका लागि अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएकोमा अझै संक्रमण स्थिति सुधार नभएको तथा संक्रमित निको हुने क्रम बाँकी नैं रहेको अवस्था र सार्वजनिक स्वास्थ्य प्रति थप संक्रमण र जटिलता हुन नदिन भन्दै २ दिन थप गरिएको गाउँपालिका अध्यक्ष मायादेवी राना द्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । गाउँपालिकाले आगामि १६ गते आईतवार बाट सेवा सुचारु हुने बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी