म्याग्देमा अपांगता भएका व्यक्तिलाई सम्मान

  • ख-
  • ख+

विकास खनाल : म्याग्दे तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ ले अपांगता भएका २९ जना व्यक्तिहरू लाई सम्मान गरेको छ ।

वडा कार्यलयमा अायाेजित सम्मान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले वडा भित्रका २९ जना अपांगता भएका व्यक्तिहरू लाई जाडोमा पानी तताउने भाँडा दिएर सम्मान गरिन् । सम्मान गर्दै अध्यक्ष रानाले अपाङ्गता भएका कारणबाटै राज्यबाट प्राप्त हुने सेवा र सुविधामा विभेद तथा न्यायमा सहज पहुँचबाट समेत वञ्चित हुने अवस्था अन्त्य हुनुपर्ने बताइन् ।

अपाङ्ग प्रति समान व्यवहार, माया, सदभाव सबैको दायित्व हो भन्ने प्रत्याभूति दिलाउन गाउँपालिकाले यश किसिमको कार्यक्रम ल्याएकाे अध्यक्ष रानाको भनाइ थियो ।


म्याग्दे ४ का वडा अध्यक्ष प्रेम थापाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा कार्यपालिका सदस्य बद्रीका भट्टराई , वडा सदस्यहरु दिपक श्रेष्ठ , सोम थापा , श्रीमाया नेपाली लगायतको उपस्थिति रहेको सदस्य दिपक श्रेष्ठले बताए । जाडोमा पानी तताउने भाँडा सहित आते जाते खर्च बापत ३ सय ६० पाएपछि उनिहरू खुसि भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी