बन्दीपुर धरमपानीमा जीप पल्टँदा ४ को मृत्यु

  • ख-
  • ख+

बन्दीपुर: बन्दीपुरको धरमपानीमा जीप पल्टँदा कम्तीमा चार जनाको ज्यान गएको गाउँपालिकाले जनाएको छ ।


अध्यक्ष पूर्णसिं थापाका अनुसार हटिया भन्ने स्थान बाट करिब दुई सय मिटर तल खसेको जीपमा परेर चार जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

गाउँपालिकाले आफ्नो साधन पठाएर ९ घाइतेको उद्धार गरिरहेको उनले बताए । मृतकको नाम र थप विवरण संकलन भइरहेको उनले दमौली न्यूजलाई जानकारी दिए ।


कांग्रेस नेता रेशम गुरुङले स्थानीय समिति उद्धारमा लागेको जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी