युवा संघ तनहुँको संयोजकमा मदन

  • ख-
  • ख+

दमौलीः नेकपा एमालेको भ्रातृ संगठन युवा संघ तनहुँको संयोजकमा मदन तिमल्सेना चयन भएका छन् ।
यस अघि केन्द्रीय सदस्यसमेत रहिसकेका उनलाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले तिमल्सेनालाई संयोजकको जिम्मेवारी प्रदान गरेको तिमल्सेनाले बताए । नेकपा एमालेको व्यास नगरपालिका वडा नं. १० कमिटीका अध्यक्षसमेत रहेका उनी सञ्चारकर्ममा पनि सक्रिय छन् ।

उता, संघका केन्द्रीय सदस्यमा भने भीमादका उज्वल खनाल, शुनपाका ईश्वर श्रेष्ठ र तीर्थ खनालले जिम्मेवारी पाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी