म्याग्देमा भलिबल प्रतियोगिता सुरु , उपाध्यक्ष घिमिरेबाट उद्घाटन

  • ख-
  • ख+

विकास खनाल म्याग्दे : तनहुँकाे म्याग्दे गाउँपालिका वडा नँ ३ स्थित धयेंरेमा भलिबल प्रतियोगिता सुरु भएको छ ।

माघे सक्रान्तीको अवसर पारि एकता मगर समाजले भलिबल प्रतियोगिताकाे अायाेजना गरेको हाे । प्रतियोगिताको एक कार्यक्रमका बिच म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उद्घाटन गर्दै मानव जिवनमा खेल अपरिहार्य भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घिमिरेले खेलले युवाहरूलाई अनुशासनमा राख्न र स्वस्थ बनाउन सहयोग गर्ने बताए । एकता मगर समाजकि अध्यक्ष लक्ष्मी थापामगर को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशिस्ट अतिथि म्याग्दे गाउँपालिका वडा नँ ३ का अध्यक्ष श्री बहादुर थापाले वडा भित्र यश किसिमका खेल अायाेजनाले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस म्याग्देका सचिव एवं अादर्श नमुना क्लवका अध्यक्ष गाैरबराज राना , कार्यपालिका सदस्य राधाकुमारि घिमिरे , सुरेन्द्र अधिकारी , नरमाया अाले , भिमकुमारि अाले लगायतकाे उपस्थिति रहेको थियो ।

माघे सक्रान्तिकाे दिनमा सकिने प्रतियोगितामा प्रथम , द्धितिय र तृतीय हुने टिमलाई क्रमश ३० हजार , २० हजार र १० हजार पुरस्कार राखिएको नेतृ नरमाया अालेले बताइन् । प्रतियोगिताकाे लागि दुईवटा बल र तृतीय पुरस्कारको व्यवस्था म्याग्दे वडा नँ ३ ले गरेको वडा अध्यक्ष श्रीथापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी