एमाले महाधिवेशन: सहमति नभए पछि उपाध्यक्ष, सचिव र सदस्यमा रातभर मतदान

  • ख-
  • ख+

दमौली: नेकपा एमाले तनहुँकाे नवाैं जिल्ला अधिवेशन अन्तर्गत जिल्ला अध्यक्ष र सहसचिव लगायतका केही पदमा सर्वसम्मत भए पनि सबै पदमा सर्वसम्मत हुन नसक्दा रातभर मतदान चल्ने भएको छ ।

अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ , सहसचिवमा प्रदिप राज अधिकारी र खिमबहादुर कुमाल लगायतका केही सदस्यहरू यस अगाडि नै सर्वसम्मत भैसकेका छन् ।

अहिले उपाध्यक्ष पदका लागि हरिराज कँडेल, माेहनकुमार विक र मेखबहादुर थापाबीचकाे प्रतिस्पर्धामा मतदान भैरहेको छ । यस्तै, सचिव पदका लागि राजेश्वर ढकाल र विष्णुभक्त सिग्देलकाबीचमा मतदान भैरहेको छ ।


खुल्ला तर्फ कुल १७ जना चाहिनेमा २७ जनाको उमेदवारी परेपछि अधिवेशन निर्वाचन प्रकृया तर्फ गएकाे हाे ।मतदानस्थल दमौली पार्टी प्यालेसमा अहिले मतदान चलिरहेको छ । करिब ७ सय प्रतिनिधिले मतदान गरे पछि मात्र मतदान सकिने नेता कविराज श्रेष्ठले दमौली न्यूजलाई जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी