एमाले अधिवेशनः पदाधिकारीमा सहमति नजुटेपछि मतदानको तयारी

  • ख-
  • ख+

विकास खनाल

दमौलीः नेकपा एमाले तनहुँको नवौं जिल्ला अधिवेशन अन्तर्गत पदाधिकारी तथा खुला सदस्यका लागि मतदान हुने देखिएको छ ।

पार्टी जिल्ला अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ यस अघि नै निर्विरोध भए पनि पदाधिकारी तथा खुला र विभिन्न क्षेत्रगत सदस्य पदमा सहमति जुट्न नसक्दा मतदानमा जाने सम्भावना देखिएको छ ।


निर्वाचन समितिले सहमति नभएमा भन्दै निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
दिउँसो १ बजेबाट निर्वाचन प्रक्रिया थाल्ने नर्वाचन समितिले तयारी गरेको छ । तर पनि हलमा अझै केही क्षेत्रगत सदस्यमा सहमतिको प्रयास भैरहेको नेता ताराराम श्रेष्ठले अधिवेशनस्थलबाट जानकारी दिएका छन् । व्याससहित केही भूगोलमा पनि सदस्यमा सहमति भैसकेको छ ।

अरुमा पनि सहमतिको अधिकतम प्रयास गर्ने र नभएमा मतदानमा जाने नेतृत्वको तयारी छ ।
आकांक्षी बढी देखिएकाले खुला सदस्मा मतदान हुने अधिक सम्भावना छ । देशको ठुलो र तनहुँमा पनि पछिल्लो निर्वाचनबाट सबै क्षेत्र तथा प्रदेश जितेको पार्टीको नेतृत्व लगायतका पदमाको आउँछ भनेर दमौलीका चिया पसलहरुमा विशेष चासो र चर्चा भैरहेको छ ।


१०५ सदस्यीय जिल्ला कमिटीको लागि उमेदवारी १ सय ५० भन्दा माथि परेको छ । त्यसमध्ये बिधान अनुसार महिलाको ३३ प्रतिशत सँख्या पुर्याउनुपर्ने र भेग तथा वग, जाति मिलाउनुपर्ने छ ।
अहिले उपाध्यक्ष पदको लागि हरिराज कँडेल, मोहन विक र मेखबहादुर थापाको उमेदवारी परेको छ ।


यसैगरी, सचिव पदका लागि राजेश्वर ढकाल र विष्णुभक्त सिग्देलको उमेदवारी परेको छ । ्
उपसचिवमा प्रदिपराज अधिकारी, देवु विस्ट र खिमबहादुर कुमालको उमेदवारी परेको छ ।
जिल्लाभरबाट आएका ६ हजार १ सय ७ जना प्रतिनिधिहरूले भाग लिने छन् ।

मजदुरमा सर्वसम्मत
यससँगै मजदुर तर्फबाट सोमबहादर आले र कृष्णदेव श्रेष्ठ सर्वसम्मत सदस्य निर्वाचित भएको सोमबहादुर आलेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी