एमाले तनहुँ अधिवेशनः ‘अब नयाँ साथीलाई पालो दिन्छु’- सिग्देल

  • ख-
  • ख+

दमौलीः नेकपा एमाले तनहुँले नवौं जिल्ला अधिवेशनपूर्व तयारी तीव्र गतिमा अघि बढेको दावी गरेको छ ।

अधिवेशनपूर्व नै स्थानीय तह तथा जनवर्गीय संगठनबाट अधिवेशन प्रतिनिधि चयन गरेको पार्टीले पत्रकार सम्मेलन गर्दै तयारी अघि बढेको जानकारी दिएको हो ।

अधिवेशनको तयारीका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देलले तयारी तीव्र पारेको बताए । ‘देशको ठुलो पार्टी, तनहुँमा पनि गएको चुनावबाट सबैभन्दा ठुलो पार्टी हामी भव्य तरिकाले सम्पन्न गर्दैछौँ ,’ सिग्देलले भने ।

आठौ जिल्ला अधिवेशन २०६९ सालमा भएर अहिले ९ वर्षपछि नवौं महाधिवेशन हुँदैछ । यसका लागि वडा तथा पालिकाबाट सर्वसम्मत रूपमा प्रतिनिधि छनौट भैसकेको उनले जानकारी दिए ।

पार्टीको दुईवटा महाधिवेशन आफ्नै पालामा हुन लागेको उनले बताए । ‘कोभिड, भूकम्प, पार्टी एकता, सर्वोच्चको फैसलाले पुनः पुरानै अवस्थामा र अहिले पार्टी फुट पछिको अधिवेशन हामीले निकै महत्वपूर्ण मानेका छौं,’ अध्यक्ष सिग्देलले भने ।

अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर अगाडि बढेका छौँ भन्दै सिग्देलले आफु अब अध्यक्षमा नलड्ने र अर्को साथीलाई पालो दिने बताए ।

स्थानीय तहबाट प्रतिनिधि छनौट

जिल्लामा १८ वटा जनवर्गीय संगठन छन त्यसमध्ये कृयाशिल संगठनले महाधिवेशनमा भाग लिन पाउँछन् भन्दै उनले सर्वसम्मत रूपमा १सय ५ सदस्यीय जिल्ला कमिटी गठन गर्ने लक्ष्यको साथ अगाडि बढेको बताए ।

पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख विष्णुभक्त सिग्देलले २३ गते दमौली स्थित खुल्ला चौरमा उद्घाटन हुने र २४ गते दमौली पार्टी प्यालेसमा बन्दसत्र हुने बताए ।

सो अवसरमा उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, जिल्ला सचिवालय सदस्य प्रदीप अधिकारी, हरि कंडेल , प्रकाशचन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी