आमाले जंगलमा छाडेपछि वन्यजन्तुको आहारा

  • ख-
  • ख+

विकास खनाल

दमौलीः व्यास ९ कवादी खोलाकिनारमा एक नवजात शिशु मृत भेटिएका छन् । मंगलबार दिउँसो मृत भेटिएका उनको देब्रे पट्टिको खुट्टा र पेटका केही भाग वन्यजन्तुले खाएको अवस्थामा भेटिएको छ ।

स्थलगत अवलोकन गरेको प्रहरीले जंगली जनावरले खाएको हुन सक्ने अनुमान गरेको छ ।
स्थानीयबासीले वेवारिसे अज्ञात शिशु मृत अवस्थामा देखेपछि तत्कालै प्रहरीमा खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

घटनास्थल पुगेको प्रहरी टोलीले स्थलगत सर्जमिन गरेर शव दमौली अस्पतालमा ल्याई राखेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।

अवैध गर्भाधान भए पछि जन्माएर कसैले फ्याकेर हिँडेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ‘कसैले जन्माएर छाडेर हिंडेको जस्तो देखिन्छ’, क्षेत्रीले दमौली न्यूजसँग भने ।

बेवारिसे अवस्थामा शिशु छाड्ने महिलाको खोजी कार्यलाई तीव्रता दिइने प्रहरीले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी