स्थापनाको ११ वर्षपछि भानु प्रहरी आफ्नै कार्यालयमा

  • ख-
  • ख+

राजेश कार्की
भानुः
ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रे ११ वर्षपछि आफ्नै भवन भानु–२ फर्केपछि पहिलो पटक समुदायसँग परिचायत्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनितीकर्मी ,व्यवसायी तथा स्थानीय बासिन्दाले लागुऔषध, जुवातास, सवारी दुर्घटना न्यूनीकरणका क्षेत्रमा प्रहरीले विशेष भुमिका खेल्नुपर्ने र प्रहरीलाइ कुनै अपराधिक कार्य गरेका आफ्ना कार्यकर्ताका निम्ति कुनै पनि किसिमका राजनीति दबाब नदिने बताएका थिए ।

कार्यालय प्रमुख प्रकाश भुसालले सेवा प्रवाहमा नागरिकलाई हतोत्साही नहुन र प्रहरीले समुदायसँग सहकार्य गर्ने बताए ।

यहि पौष १६ गते भानु मुकाम डुम्रे भानु–२ नारेश्वरटारमा फर्किएको थियो।

भानु नगरपालिका भित्र विभिन्न किसिमका अपराधहरु, प्रहरी चौकीले मिलाउन नसकेका मुद्दाहरु इलाका प्रहरी कार्यालय भानु–२ बाट हुने र सबै टिम सहित भानु फर्किएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रकाश भुसालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी