प्रदेश प्रहरी कार्यालय निरीक्षण गर्दै मन्त्री विकले भने, ‘सक्षम भएर काम गर्नुस्’

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेश सरकारका माननीय आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माज्युबाट सोमबार गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण भ्रमण सम्पन्न भएको छ ।


निरीक्षण भ्रमणका क्रममा आन्तरिक मामिला मन्त्री विश्वकर्माले गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका विभिन्न शाखा, मातहतका सम्पुर्ण प्रहरी कार्यालयहरुको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी समेत लिए ।


त्यसक्रममा उनले प्रदेश प्रहरी र प्रदेश सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै प्रदेश सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जीवनरक्षाको लागि सबै निकाय गम्भीर हुनुपर्ने बताए ।

आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि गम्भीरतापूर्वक लिन समेत उनले उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिए ।


प्रहरी राज्य र समाजको अभिन्न अंग रहेको चर्चा गर्दै आन्तरिक मामिला मन्त्री विश्वकर्माले प्रहरीको साथ साथै नागरिकको भूमिकालाई समेत सहजता एवम् सफलताका साथ निर्वाह गर्न प्रहरी कर्मचारीहरुले सक्षमता प्राप्त गर्नेमा विश्वास व्यक्त गरे ।


सो अवसरमा धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए । प्रदेश प्रहरीले प्राप्त गरेको आन्तरिक मामिला मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा गण्डकी प्रदेश प्रहरी थप व्यावसायिक र उर्जावान हुने विश्वास उनले व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी