नवआदर्श आमा समुहको अध्यक्षमा सावित्रा

  • ख-
  • ख+

दमौलीः नवआदर्श आमा समुह व्यास १ गल्वुबेशीको अध्यक्षमा सावित्रा हड्खले पुनः सर्वसम्मत निर्वाचित भएकी छन् ।

आमा समुहको हालै सम्पन्न २० औँ साधारणसभा एवम् ११ औँ अधिवेशनले हड्खलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा सीता अधिकारी, द्वितिय उपाध्यक्ष सिर्जना केसी, सचिव कल्पना हड्खले , कोशाध्यक्ष सुष्मा सिलवाल र सहसचिवमा बिनिता गुरूङ रहेको अध्यक्ष हड्खलेले बताइन् ।

यस्तै, समितिको सदस्यहरुमा बिनिता अधिकारी, मीनिता खत्री , बबिता खडका , सोममाया बोटे , तारा बिक र मञ्जु सिलवाल रहेको नवनिर्वाचित अध्यक्ष सावित्रा हड्खलेले जानकारी दिइन् ।

नगरपालिकाकै पुरानो मध्येको नवआदर्श आमा समुहले महिलाहरूको हक अधिकारको बारेमा प्रशिक्षण तथा नेतृत्व विकास सम्बन्धि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । यस्तै यस अगाडिका दिनमा गर्दै आएको सीपमुलक कार्यहरूलाई पनि निरन्तरता दिई थप नयाँ कार्यक्रम छिट्टै लिएर आउने अध्यक्ष हड्खलेले बताएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी