नव आदर्स आमा समुहको अध्यक्षमा: हड्खले

  • ख-
  • ख+

दमौली : नवआदर्स आमा समुह ब्यास १ गल्वुवेशिको अध्यक्षमा सावित्रा हड्खले पुन सर्वसम्मत निर्वाचित भएकी छन् ।

आमा समुहको हालै सम्पन्न २० औ साधारणसभा एवम् ११ औ अधिवेशनले हड्खलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सीता अधिकारी, द्धितिय उपाध्यक्ष सीर्जना केसी,सचिब कल्पना हड्खले,कोशाध्यक्ष सुस्मा सीलवाल र सहसचिवमा बिनिता गुरूङ रहेको अध्यक्ष हड्खलेले बताइन् ।

यस्तै समितिको सदस्यहरुमा बिनिता अधिकारी,मीनिता खत्री, बबिता खडका,सोममाया बोटे,तारा बिक र मञ्जु सिलवाल रहेको नवनिर्वाचित अध्यक्ष सावित्रा हड्खलेले जानकारी दिइन् । ब्यास नगरपालिकाकै पुरानो मध्येको नवआदर्स आमा समुहले महिलाहरूको हक अधिकारको बारेमा प्रशिक्षण तथा नेतृत्व बिकास सम्बन्धि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

यश अगाडिका दिनहरूमा गर्दै आएको सिपमुलक कार्यहरूलाई पनि निरन्तरता दिई थप नयाँ कार्यक्रम छिट्टै लिएर आउने अध्यक्ष हड्खलेले बताएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी