नवदुर्गा आमा समूहको अध्यक्षमा योमाया

  • ख-
  • ख+

दमौलीः नवदुर्गा आमा समूहकी अध्यक्षमा योमाया प्रधान सर्वसम्मत चयन भएकी छन् । म्याग्दे गाउँपालिका वडा नं. १ स्थित गुणादीमा आइतबार सम्पन्न चौंथो अधिवेशनले प्रधानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा विजया श्रेष्ठ , सचिवमा पुण्यवती पोख्रेल , कोषाध्यक्षमा रचना विक र सहसचिवमा सरस्वती खनाल चयन भएका छन् ।

यस्तै समितिका सदस्यहरूमा बिनु खनाल, गीता रानाभाट , सरस्वती खनाल र पानुमति श्रेष्ठ चयन भएको नवनिर्वाचित अध्यक्ष योमाया प्रधानले बताइन् ।

यसअघि अध्यक्ष सन्तुमाया थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पुर्व अध्यक्ष शुशिला खनाल , कृष्णबहादुर रानाभाट , सिवकुमार श्रेष्ठ , लक्ष्मण श्रेष्ठ , बिकास खनाल , मिना श्रेष्ठ लगायतका वक्ताहरूले सुभकामना व्यक्त गरेको पूर्व सचिव लक्ष्मी श्रेष्ठले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी