कटेजबाट १५ जुवाडे पक्राउ

  • ख-
  • ख+

दमौलीः जिल्ला प्रहरी कार्यालय तनहुँले व्यास(११ स्थित भर्याङदी कटेजबाट १५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

तनहुँको व्यास नगर पालिका वडा नं ११ स्थित भर्याङदी कटेजबाट उनीहरुलाई पक्राउ गरेको तनहुँ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी निरीक्षक शिवराज क्षेत्रीले कटेजमा कौडा खेलिरहेको सूचनाका आधारमा कारवाही गर्दा पक्राउ परेको जानकारी दिए ।
खेलिरहेको खालबाट एकमुष्ट रुपमा नगद रु १ लाख ७५ हजार ४० रुपैया र कौडा १६ थान सहित बरामद गरिएको क्षेत्रीले बताए ।

उनीहरुलाई जुवा ९कौडा० सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ठुलो धनराशीमा हार जितको बाजी राखी कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भानु शर्मा नेतृत्वको १० जनाको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको क्षेत्रीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी