कांग्रेस महाधिवेशनः के सिटौलाले प्रदीपलाई उत्तराधिकारी बनाएकै हुन् ?

  • ख-
  • ख+

काठमाडौंः नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मीले अहिले देशको राजनीति तातेको छ । राजधानीको भृकुटीमण्डप र आसपासका ठाउँमा चहलपहल सघन हुँदै गर्दा उम्मेदवारको आपसी कसरत र दौडधुप झनै बढेको छ ।


सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन अनि वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको इतरका अलावा यस अघिको चुनावमा निर्णायक बनेको र अहिले पनि करिब उस्तै अवस्थामा रहेको तेश्रो धारले लिने निर्णयले चुनाव प्रभावित पार्ने ठानिएको छ ।


यस्तोमा बिहीबार साँझ आफूनिकटका प्रतिनिधिमाझ सो धारका नेतृत्वकर्ता नेता कृष्णप्रसाद सिटौलाले दिएको अभिव्यक्तिले १४ औं महाधिवेशनमा गहिरो प्रभाव राख्ने जानकार बताउँछन् । उनले आफ्नो उद्देश्य आफूसँग जोडिएका कार्यकर्ताको व्यवस्थापन र जिम्मेवारी प्रदानलाई महत्व दिएको बताए ।


आफू जहाँ छु कांग्रेस नै त्यहाँ छ भनेर शुरुवाती मन्तव्य दिएका सिटौलाले आफ्नो स्वार्थ आफूसँग जोडिएकाको व्यवस्थापनमा रहेको भने पछि तालीले राजधानीको एक ब्याक्वेट हल गुञ्जायमान बन्न पुग्यो ।

सिटौलाले नामै लिएर प्रदीप पौडेलले त्यसको नेतृत्व गर्ने घोषणा गरिदिए । सोही समूहबाट महामन्त्रीमा लड्ने सोच बनाएका पौडेललाई यसले ठूलो आड दिएको छ ।


प्रदीपमा जिम्मेवारी हस्तान्तरण ?
भेलामा सहभागी एक पत्रकारका अनुसार आफूलाई कठिन अवस्थामा समेत साथ दिएका कार्यकर्ताको पक्षमा आफू रहेको भन्दै अब नयाँ युवा पुस्तामा जिम्मेवारी हस्तान्तरण हुने उनले बताएका थिए ।

त्यही क्रममा सिटौलाले नामै लिएर प्रदीप पौडेलले त्यसको नेतृत्व गर्ने घोषणा गरिदिए । सोही समूहबाट महामन्त्रीमा लड्ने सोच बनाएका पौडेललाई यसले ठूलो आड दिएको छ ।


व्यक्तिगत रुपमा बलियो प्रभाव बनाएका पौडेलले सो समूहको आधिकारिक उम्मेदवारका रुपमा महामन्त्री लड्ने कुराले उनलाई हौस्याएको छ ।

सिटौला समूह अहिले संस्थापन र इतर दुवैसँग साझेदारीको दौडमा छ । सम्भवतः संस्थापनसँग सहकार्यको अन्तिम अवस्थामा पुगेको चर्चा भए पनि सिटौलाले केही समयमा मुख खोल्ने बताएकाले यसले पौडेललाई भने यसले पक्कै खुशीको समाचार बनाउने चर्चा कांग्रेसी राजनीतिवृत्तमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्