कांग्रेस गण्डकी निर्वाचन परिणामः शुक्रराजको जीतले पौडेल-शशांकको साख जोगियो, देउवालाई मेहनत गर्नुपर्ने सन्देश (मतसहित)

  • ख-
  • ख+

पोखराः यस अघि अपेक्षागरिएजस्तै संस्थापनइतरका उम्मेदवार हावी हुँदा कांग्रेस गण्डकी प्रदेश समितिमा शुक्रराज शर्माको अधिकांश टिमका सदस्य विजयी भएका छन् ।


यसले साविकदेखि पकड रहेको ठानिएको प्रदेशमा संस्थापनइतरका नेता रामचन्द्र पौडेल र डा. शशांकलाई आफ्नो पकड बलियै रहेको सन्देश दिएको छ । सदस्यको परिणाम आउनुअघि महामन्त्रीसहितका अधिकांश पदमा इतर खेमा विजयी हुनुले चुनाव अघि बढि नै सक्रिय यी दुई नेताका अलावा संस्थापनइतरका अरु नेतालाई राहत दिएको छ ।


सबैभन्दा धेरै मत भएको कास्कीबाट टिकट पाएका पुराना नेता शुक्रराज शर्माले पाएको ६ सय १२ मत पाउँदा अर्जुन जोशीको ५ सय २८ रह्यो । ८४ मतान्तरले विजयी शर्माले आफ्नो मात्र नभएर आफूले प्रतिनिधित्व गर्ने खेमा र भावी सभापतिका समेत दावेदारहरु वरिष्ठ नेता रामचन्द्र पौडेल अनि महामन्त्री डा. शशांक कोइरालाको साख जोगाइदिएका छन् ।

तुलनात्मक रुपमा व्यक्तिगत प्रभावका कारण यस अघि अनुमान गरिएको करिब डेढ सय मतले हार्ने प्रक्षेपण चिर्न जोशी सफल भए । अरु पदको अन्तरका आधारमा पनि संस्थापन प्यानलले मत घाटाको समीकरण पुरा गर्न गरेको मेहनतले काम गरेको देखिए पनि परिणम आफ्नो पक्षमा नपर्नुले अझ बढी मेहनत गर्नुपर्ने सन्देश दिएको ।

सदस्यको परिणाम आउनुअघि महामन्त्रीसहितका अधिकांश पदमा इतर खेमा विजयी हुनुले चुनाव अघि बढि नै सक्रिय यी दुई नेताका अलावा संस्थापनइतरका अरु नेतालाई राहत दिएको छ ।
अरु पदको अन्तरका आधारमा पनि संस्थापन प्यानलले मत घाटाको समीकरण पुरा गर्न गरेको मेहनतले काम गरेको देखिए पनि परिणम आफ्नो पक्षमा नपर्नुले अझ बढी मेहनत गर्नुपर्ने सन्देश दिएको

उप सभापतिबाहेक शुक्रराज प्यानल विजयी
उपसभापतिमा स्याङजाकी कल्पना तिवारी र मेखलाल श्रेष्ठ विजयी भए । कल्पनाको ६ सय २४ र श्रेष्ठको ५ सय ५६ मत आएको छ । श्रेष्ठ संस्थापनको प्यानलबाट हुन् भने अरु सबै इतर प्यानलबाट उम्मेदवार थिए ।


महामन्त्रीमा किरणबाबु श्रेष्ठले ५ सय ७३ तथा नवलपुरका विष्णु लामिछाने निकटमै रहेर विजयी भए । विष्णुले ५ सय ६७ मत पाए । संस्थापन पक्षका कुमार खड्काको ५ सय ५६ र ईश्वर पाण्डेको ४ सय ५८ मत आयो ।


सहमहामन्त्री तर्फ महिलामा कोपीला रानाभाटले ५ सय ५२ मत सहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी ओमकला गौतमको ५ सय १४ मत आयो ।


सहमहामन्त्रीकै खुलामा रमेश पाण्डे ६ सय १८ मत र दोश्रोमा रामचन्द्र जोशी ५ सय ६९ मत सहित संस्थापनइतरबाट विजयी भए । प्रत्यासी संस्थापनका झुलबहादुर आलेले ४ सय ८८ र राजनराज पन्तले ४ सय ३१ मत पाए ।


सदस्यको मतगणना जारी रहँदा संस्थापनइतर प्यानल नै अधिकांश पदमा अगाडि रहेको मत प्रवृत्तिले देखाएको छ ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी