कांग्रेस तनहुँ अधिवेशनः तीनवटै प्रदेश क्षेत्रमा मतदान सम्पन्न

  • ख-
  • ख+

डुम्रेः तनहुँका तीनवटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश क्षेत्रीय समितिका लागि मतदान सम्पन्न भएको छ । अधिवेशनका क्रममा डुम्रेमा भएको १(ख)को मतदान सकिए पछि मतगणना थालिएको छ । सो क्षेत्रमा कुल मतदाता संख्या ४१२ मध्ये ४०२ मत खसेको थियो

चार बजेसम्म मतदान भएको थियो । दुवै पक्षका उम्मेदवारका प्रतिनिधि बसेर सिलपश्चात मतगणनाको प्रक्रिया शुरु भएको स्थानीय राजेश कार्कीले जानकारी दिए ।


Advt.

तनहुँको २(ख)मा सर्वसम्मत भएको थियो भने १(क) र २(क)मा पनि मतदान सम्पन्न भएर गणना थाल्न लागिएको छ। गन्ने प्रक्रिया शुरु हुने क्रममा मतपत्रमा विवाद भए पछि हाल सबै प्रक्रिया रोकिएको समाचार प्राप्त भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी