कांग्रेस तनहुँ अधिवेशनः क्षेत्र १(क)मा मियाँ र खनाल भिड्ने(को को कुन पदमा उम्मेदवार) ?

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँको प्रदेश १(ख) को प्रदेश सभापति पदका लागि गोरा मियाँ र विश्वेश्वर खनाल भिड्ने भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचीअनुसार दुई फरक खेमाको नेतृत्व गर्दै मियाँ र खनाल चुनावी दौडमा जाने देखिएको हो ।

मियाँ केन्द्रमा संस्थापन र खनाल गैरसंस्थापन खेमानिकट मानिन्छन् । दुवैले समूहको नेतृत्व गर्दै उम्मेदवारी दर्ता गराए । मियाँको समूहबाट उपसभापतिमा राजु खड्का र उमा गोतामे, सचिवमा गौकुमारी न्यौपाने र खोजबहादुर गुरुङ, सहसचिवमा गोविन्द जिसी र कर्ण गुरुङको उम्मेदवारी परेको छ ।

खनालको समूहबाट उपसभापतिमा सविता उप्रेती र बलबहादुर पोखरेले, सचिवमा इश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मिनबहादुर गुरुङको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ताका क्रममा दुवै सभापति उम्मेदवारले सौहार्दता देखाएका थिए ।
दुवै समूहका उम्मेदवारको विवरण यसप्रकार छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्