कांग्रेस तनहुँ अधिवेशनः क्षेत्र १ (ख) सभापतिमा काजीमान र पिया भिड्ने (क कसको केमा उम्मेदवारी ? )

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्र्तगत तनहुँ क्षेत्र १(ख)को सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम उम्मेदवारीको विवरण अनुसार सभापति पदका लागि काजीमान श्रेष्ठ राजेन्द्र पियाबीच भिडन्त हुने भएको छ ।

यसैगरी, उप सभापतिमा ऋषिराम भट्टराई, बाबुराम श्रेष्ठ, रामचन्द्र भट्ट र राधादेवी खनालको उम्मेदवारी परेको छ । सचिवमा कृष्णराज न्यौपाने, मिलन भुजेल, लक्ष्मीकान्त मिश्र र हरिशरण खनाल तथा सह सचिवमा श्रीमान थापा, गोपाल थापा, राजु पौडेल र सागर बोटेको उम्मेदवारी परेको छ ।
यस क्षेत्रमा कुनै पनि पदमा सर्वसम्मति हुन सकेन । बाँकी पदका उम्मेदवारी विवरण यसप्रकार छ ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्