कांग्रेस प्रदेश अधिवेशनः क्षेत्र २(ख)मा ईन्द्र आलेसहित सबै सर्वसम्मत, को को हुन् क्षेत्र हाँक्ने पदाधिकारी ?

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको महाधिवेशनअन्र्तगत क्षेत्र २(ख) मा इन्द्र आलेको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको छ ।

कुनै पनि पदमा आवश्यकभन्दा बढी उम्मेदवारी नपरेकाले निर्वाचन अधिकृत दीपक भट्टराईले सर्वसम्मत कार्य समिति चयन भएको घोषणा गरे ।

सर्वसम्मत भएका कार्य समिति पदाधिकारीमा उपसभापति ईमानसिं थापा र आनन्ददेव श्रेष्ठ छन् ।
यसैगरी, सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी तथा सह सचिवमा माधव लम्साल र चुननारायण श्रेष्ठ सर्वसम्मत भएका छन् ।

कार्य समितिका सदस्य खुलातर्फ नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ मथुराकृष्ण श्रेष्ठ, श्रीराम आले, राजेन्द्र अर्याल, बिष्णुबिर थापा र मदन थापा सर्वसम्मत भएका छन् ।
खुल्ला महिला तर्फ निरा आले, भविसरा आले र सीता कुमाल

जनजाती महिलातर्फ रोमाया थापा र तिलिसरा थापा सर्वसम्मत भएका छन् ।
दलिततर्फ कुलबहादुर विक, खस आर्यतर्फ विजयराज सुवेदी र अपाङ्गता अल्पसंख्यकतर्फ चीनबहादुर आले सर्वसम्मत निर्वाचित भएका छन् ।

यो तनहुँमा अधिवेशनपूर्व सबै पदाधिकारी सर्वसम्मत हुन पहिलो प्रदेश समिति हो । अन्यत्र शुक्रबार हुने मतदानका लागि उम्मेदवारी मनोनयन चलिरहेको छ ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्