दलित पत्रकारिता अक्षयकोषमा व्यवसायी सुनारद्वारा ११ हजार सहयोग

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिका–२ निवासी सुनचाँदी व्यवसायी कृष्ण सुनारले राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाले स्थापना गरेको पत्रकारिता अक्षयकोषमा ११ हजार एक सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं तनहुँ सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष सुनारले संघ अध्यक्ष एसबि नेपालीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
संघले दमौलीमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रमको अवसरमा सुनारले रकम प्रदान गरेका हुन् । संघले थालेको पुण्य कार्यको लागि आफुले सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको उनले बताए ।

संघले कम्तीमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसबाट आउने ब्याजबाट दलित समुदायका क्षेत्रमा शसक्त कलम चलाउने सक्रिय पत्रकारलाई पुरस्कृत गर्ने लक्ष्य अनुरुप अक्षयकोष स्थापना गर्न लागेको संघका सचिव अशोक बिश्वकर्माले बताए ।

व्यवसायी सुनारले अक्षयकोषमा आर्थिक सहयोग गरेपछि राष्ट्रिय दलित पत्रकार संघ तनहुँ परिवारले धन्यबाद व्यक्त गरेको छ ।

त्यसैगरी,अक्षयकोषको लागि व्यासनगरपालिका–२ निवासी एवं तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद कुमार बिक (बिकास))ले रु.११ हजार दुई सय तेइस,प्रेस युनियन तनहूँका अध्यक्ष अम्मरराज नहर्कीले रु.पाँच हजार,रोहित सुनारले रु.पाँच हजार,मिनबहादुर चदारोले रु.पाँच हजार,गोपाल बिश्वकर्माले रु.पाँच हजार,नरबहादुर सुनारले रु.पाँच हजार आथर््िाक सहयोग गरेको संघकी कोषाध्यक्ष शर्मिला विकले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी