कांग्रेस तनहुँ अधिवेशनः क्षेत्र नं २ ‘क’ सभापतिमा रानाको उम्मेदवारी घोषणा

  • ख-
  • ख+

दमौली : तनहुँ क्षेत्र नं. २ ‘क’ को सभापतिमा जितराज रानाले उम्मेदवारी घोषणा गरेका छन् ।

शिथिल काँग्रेसलाई नयाँ उर्जा थप्न आफ्नो उम्मेदवारी रहेको रानाले बताए । पार्टी भित्रको वेथितीलाई थितिमा ल्याउन, जनता माझ पार्टीको धारणा बुलन्द पार्न र पार्टीलाई सक्तिशाली बनाउन सभापति पदमा उम्मेदवारी दिने रानाले बताए ।

पारिवारीक विरासत बाट समेत प्रेरित, समाज प्रति समर्पित रानालाई निष्ठावान, बौद्विक, सरल स्वभाव, कुशल संगठक तथा अग्रज र युवा लाई सम्मानित व्यवहार र नेतृत्व गर्न सक्ने नेताका रूपमा हेरिने गर्दछ ।

राना हाल नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सहमहामन्त्रीमा रहेर काम गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी