बन्द गराउन हिँडेका १० विप्लव नेता पक्राउ

  • ख-
  • ख+

दमौली: बन्द गराउन हिंडेको आरोपमा तनहुँ प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका १० नेता पक्रेको छ ।


बिहान करिब साढे ५ बजे पार्टीका जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओमविक्रम पन्तलगायत नेता कार्यकर्ता दमौली ट्राफिक चोकबाट पक्राउ परेको पार्टीका जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य पूर्णजित पुन उभारले दमौली न्युजलाई जानकारी दिए ।


उनले दमौली न्युजसँग भने, ‘ पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध शान्तिपूर्ण बन्दको तयारी हुँदै थियो, नेता कार्यकर्ता पक्राउ पर्नु भयो ।’ यसले पार्टीले मंगलबार आह्वान गरेको बन्दमा प्रभाव पार्ने ठानिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी