जुनियर रेडक्रसको आधारभुत प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम भानुभक्त क्याम्पसमा संचालन

  • ख-
  • ख+

दमौली : नेपाल सरकार गण्डकी प्रदेशका मन्त्री डोवाटे वि.कले ०४४ सालमा समुदायको सहभागितामा यस क्षेत्रमा उच्च शिक्षाको विस्तार गर्ने पवित्र उद्देश्य लिएर स्थापना भएको आदिकवि भानुभक्त क्याम्पसले उच्च क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको वताएका छन्

जुनियर रेडक्रस सर्कलको आयोजनामा शुक्रबार आदिकवि भानुभक्त क्याम्पसमा आधारभुत प्राथमिक उपचार प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । मानव कल्याणको क्षेत्रमा यस क्याम्पसका युवा विद्यार्थीहरुले गर्दै आएको स्वयमसेवाका कार्यक्रमहरु उदाहरणिय रहेको बताउदै कार्यक्रमको सफलताको कामन गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सदस्य प्रदिप घिमिरे, रेडक्रस सोसाइटी तनहुँका अध्यक्ष कृष्णहरी वाग्ले, क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमल्सेना, रेडक्रसका जिल्ला सदस्य सुर्यचन्द्र हड्खले क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले शुभकामना दिएका थिए ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र सागर पौडेल, क्याम्पस आलेप संयोजक ऋषिराम ढुंगाना, रेडक्रसको प्राथमिक उपचार तालिमका गण्डकी संयोजक कृष्णचन्द पाण्डे, जुनियर युवा रेडक्रसका गण्डकी संयोजक रामदत्त पौडेल, तनहुँ रेडक्रसका वरिष्ठ शाखा अधिकृत शिवकाजी पिया, क्याम्पसको कक्षा ११ र १२ कार्यक्रम संयोजक चिरन्जिवी वस्नेत, क्याम्पसको रेडक्रस शिक्षक नायक विमल खत्रि, जीवनसेवा अभियानका संयोजक पुजा सुनार, मन्त्रिका स्वकीय सचिव देव रसायली लगायतको उपस्थिती रहेको थियो।

प्रशिक्षण कार्यक्रममा ब्या.न.पा.अन्तर्गतका १३ विद्यालयका ४० जना विद्यार्थीहरुको सहभागीता रहेका थिए । सर्कलकी सचिव सुनिता आचार्यले कृष्णचन्द पाण्डेले कार्यक्रम सञ्चालन गरेकी थिईन भने, सर्कलकी उपाध्यक्ष पुजा सुनारले स्वागत मन्तव्य राखेकी थिईन् । रामदत्त पौडेल र कमला काफ्लेको सहभागीमा विद्यार्थीहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी