पहिलो महिनाको पारिश्रमिक आमा समुहलाई दिए

  • ख-
  • ख+

दमौली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले पहिलो महिनाको पारिश्रमिक स्वरुप पाएको तलव दुई आमा समूहलाई दिएका छन् ।

तनहुँमा आयोजित एक कार्यक्रममा व्यास नगरपालिका–११ स्थित मिलनशील आमा समूह र डाँडागाउँ आमा समूहका अध्यक्षलाई ५०९५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै श्रेष्ठले तलबभत्ता बापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गरेका हुन् ।

निर्वाचनमा उम्मेदवार हुँदा नै उनले तलबभत्ता लिन्न भनेर घोषणा गरेका थिए। त्यहि घोषणा अनुसार उनले तलबभत्ता सहयोग गर्दै आएको छन् । प्रतिनिधिसभाका सदस्यसमेत रहेका श्रेष्ठले जिल्लास्थित विभिन्न खानेपानी, युवा क्लव, आमा समह, विद्यालय लगायतलाई तलबभत्ता बापतको रकम सहयोग गर्दै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी