रहेनन् प्रजातन्त्र सेनानी रविचन्द्र

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका पुराना नेता एवं प्रजातन्त्र सेनानी रविचन्द्र वाग्लेको निधन भएको छ । लामो समय क्यान्सरबाट थलिएका वाग्लेको उपचारका क्रममा भरतपुर क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

उनी केही समययता किमोथेरापीबाट उपचारमा संलग्न थिए । लामो समय प्रजातान्त्रिक आन्दोलनमा सघाएवापत कांग्रेसले उनलाई प्रजातन्त्र सेनानी सम्मान दिएको थियो ।

उनी कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेका काका तथा रिपोटर्स क्लब गण्डकी अध्यक्ष मदन वाग्लेका पिता हुन् । स्वर्गीय वाग्लेको बिहान सेतीमादी शवदाहस्थलमा अन्त्येष्टि गरिंदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी