नियम विपरीत चलाईएका सवारी साधनलाई कारवाही

  • ख-
  • ख+

दमौली : नेपालीहरुको दोस्रो ठुलो पर्व शुभ दिपावलीको अवसरमा जिल्लाका विभिन्न ठाउँमा जिल्ला ट्राफिक प्रहरीले सवारी साधन चेकजाच गरेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्ला भर पाँच सय विस सवारी साधन कारवाहीमा परेका थिए जस अनुसार नियम विपरीत चलाईएका सवारी साधन मध्ये अधिकाँस मोटरसाईकल रहेको थियो ।

कर्तिक १८ गते लक्ष्मी पुजा को दिन बाट सुरु गरिएको चेकजाँच कार्तिक २२ गते सोमबार सम्म जाँच गर्दा कारवाहीमा परेका सवारी साधन बाट रु ३ लाख ६९ हजार राजश्व संकलन भएको थियो धेरै जसो दुई पांग्रो सवारी साधान कारवाहीमा परेको पनि जिल्लाट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी