रानिगाउँ युवा क्लबको साँस्कृतिक कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

दमौली : रानिगाउँ युवा क्लबको आयोजनामा भएको बिविध साँस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।

दिपावलिको अवसरमा बिहिवार रानिगाउँमा आयोजित कार्यक्रममा स्थानीय कलाकार तथा युवायुवती हरूले नृत्य प्रस्तुत गरि दर्शक हरूलाइ भरपुर मनोरञ्जन दिएका थिए । सानासाना बाबुनानिको नृत्य लगायतका प्रस्तुतिले सहभागी हरू साथमा साथ दिँदै नाचेका थिए । क्लवले आफ्नो २८ औं वार्षिकोत्सब मनाउने क्रममा दिपावलि पारेर देउसि भैलो तथा विविध साँस्कृतिक कार्यक्रम गरेको क्लवका अध्यक्ष मनोज पोख्रेलले बताए ।

साँस्कृतिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले कला र संस्कृतिको जगेर्ना गर्ने काम क्लवले गरेको बताए । स्थानीय कलाकारहरूको नृत्य प्रस्तुतिले स्थानीय स्तरमै प्रोत्साहन मिल्ने भएको हुँदा क्लवले अन्य बाहिरी कलाकार नल्याइ वडा भित्रकै मात्रै कलाकार ल्याइ प्रस्तुति दिन लगाउनु सकारात्मक भएको उनको भनाइ थियो ।

सुर्यचन्द्र हड्खले,बैकुण्ठ नाथ मिश्र,निरबहादुर खड्का, प्रेमप्रकाश भट्टराई,तिर्थराज भट्ट, कृष्णप्रसाद तिवारी,विश्वनाथ अधिकारी, रामकृष्ण अधिकारी, बिकासचन्द्रभट्टराई लगायतले शुभकामना ब्यक्त गरेका थिए । क्लवका अध्यक्ष मनोज पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत जमुना अधिकारीले र सञ्चालन सुभद्रा भट्टले गरेका थिए ।

कार्यक्रममा क्लबलाई सहयोग गर्ने विभिन्न ब्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो । २ हजार ५० सालमा स्थापना भएको ब्यास नगरपालिकाकै पुरानो मध्येको क्लवले अहिले पछिल्लो समय मनोज पोख्रेलको नेतृत्व पाएपछि सक्रियता बढाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी