दोस्रो म्याग्दे ब्याडमिन्टन कप जामुनेमा सुरु

  • ख-
  • ख+

विकाश खनाल म्याग्दे: न्यु भिजन युथ क्लव म्याग्दे २ जामुनेको आयोजनामा कार्तिक ३ गतेदेखि जामुनेमा दोस्रो म्याग्दे ब्याडमिन्टन कप सुरु भएको छ ।

प्रतियोगिताको एक कार्यक्रमका बिच प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रानाले खेलले युवालाई अनुशासनमा राख्ने बताइन् । खेलाडीहरू राष्ट्रको गहना हो भन्दै रानाले अब रेफ्रि पनि उत्पादन गर्नुपर्ने आबस्यकता रहेको बताइन् ।

कार्यक्रममा बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले स्थापना भए देखि क्लबले विभिन्न सामाजिक काम गरेको भन्दै खुसि ब्यक्त गरे । म्याग्दे गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।

कार्यक्रममा म्याग्दे २ का अध्यक्ष चन्द्रबहादुर रानाभाट , नेकपा एमाले म्याग्देका रत्नदेवि घिमिरे , नेपाली काङ्ग्रेस म्याग्देका सभापति रामभक्त घिमिरे , नेकपा माओवादि केन्द्र म्याग्देका अध्यक्ष दिलबहादुर नेपाली , नमुना आदर्स युवा क्लवका अध्यक्ष एवं नेपाली काङ्ग्रेस म्याग्देका सचिव गौरबराज राना , समाज सुधार युवा क्लवका अध्यक्ष सुरेन्द्र अधिकारी , न्यु भिजन युथ क्लवका पुर्व अध्यक्ष राजकुमार श्रेष्ठ , पुर्णचन्द्र घिमिरे लगायतका बक्ताहरूले प्रतियोगिताको सफलताको सुभकामना ब्यक्त गरेका थिए ।

बि लेबल र सि लेबलका ४० टिमको सहभागीता रहेको उक्त खेलको प्रथम हुने बि लेबलको टिमलाई २० हजार र दोस्रो हुने टिमलाई १० हजार तथा सि लेबलको प्रथम हुने टिमलाई १६ हजार , दोस्रो हुनेलाइ ८ हजार र तृतीय हुने टिमलाइ २ हजार मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका सदस्य अनमोल श्रेष्ठले बताए ।

सन्दिप रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजिव श्रेष्ठले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य अबिर श्रेष्ठको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी