मध्यविन्दु क्याम्पसले गर्यो आदिकवि भानुभक्त क्याम्पसको भ्रमण

  • ख-
  • ख+

दमौली : मध्यविन्दु बहुमुखी क्याम्पस नवलपुरले आदिकवि भानुभक्त क्याम्पस दमौलीको भ्रमण गरेको छ । अध्यन एवं शैक्षिक अवलोकन भ्रमण गरि क्याम्पसको संस्थागत बिकास अनुभव साटासाट गर्ने उद्देश्य सहित भ्रमण गरिएको मध्यविन्दु क्याम्पसका प्रमुख मुक्तिराम पाण्डेले बताए ।

मध्यविन्दु र भानुभक्त दुबै पव्लिक क्याम्पस भएकोले पनि धेरै जसो गतिविधि मेल खाने हुँदा भए गरेका र हुने समस्या समाधान उपायका बारेमा अन्तरक्रिया गरिएको मध्यबिन्दु क्याम्पसका अध्यक्ष जीवन श्रेष्ठले बताए । भानुभक्त क्याम्पसको अवलोकन बाट आफुहरूले धेरै कुरा सिक्न , अनुभव गर्न पाएको र यसले आफ्नो क्याम्पसलाई अगाडि बढाउन मद्दत पुग्ने बिश्वास लिइएको श्रेष्ठले बताए ।

सो भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले तथा अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनाले क्याम्पसको गतिविधिका बारेमा भ्रमण टोलिलाइ जानकारी गराएका थिए ।

भ्रमण टोलिमा मध्यबिन्दु क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रामप्रसाद शर्मा लगायत सञ्चालक समिति , प्राध्यापक र भानुभक्त क्याम्पसबाट उपाध्यक्ष बुद्धिमान श्रेष्ठ , सहायक क्याम्पस प्रमुख सागर र रामकुमार अधिकारी , प्राध्यापकहरू तथा सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको सञ्चालक समिति सदस्य बिकास खनालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी