गाेरखा वेल्फेयरद्वारा महेन्द्र माविलाई सहयाेग

  • ख-
  • ख+

गुणादी : गाेरखा वेल्फेयर टष्ट नेपाल द्वारा गुणादीमा रहेको महेन्द्र मावि लाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

गाेरखा वेल्फेयर टष्ट नेपाल उत्पादनशील खानेपानी सरसफाई स्वच्छता तथा अापतकालिन पूर्व तयारिका तर्फबाट काेरना भाइरस ( COVID-19) राेकथाम तथा नियन्त्रणका लागि अावस्यक सामग्री सहयाेग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज खनालले बताए ।

साे अवसरमा मास्क , सेनिटाइजर , साबुन , डस्विन लगायतका सामग्री प्राप्तभएको अध्यक्ष खनालले बताए ।

गाेरखा वेल्फेयर तनहुँका प्रमुख कृष्ण गुरूङ र सुपरभाइजर हस्तबहादुर प्रजाले विद्यालयमा उपस्थित भएर ठुलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेकोमा विद्यालयका प्रअ साेमबहादुर थापाले धन्यवाद ब्यक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी