साफ फाइनलः इतिहास रच्ने मौका खोज्दै नेपाल, अल मुताइरीको निलम्बनले कत्तिको प्रभाव पर्ला ?

  • ख-
  • ख+

काठमाडौं ः उपाधिको अन्तिम दौडसम्म पु¥याउन सफल प्रशिक्षक अल मुताइरीमाथि अकस्मात लागेको निलम्बनको दबाबकाबीच नेपाल साफको उपाधिका लागि छिमेकी राष्ट्र भारतसँगको भिडन्तका लागि तयारी गरिरहेको छ ।

अबको केही घण्टापछि माल्दिभ्सको मालेमा हुने फाइनलमा साफमा दबदबा कायम राख्न सफल भारतीय टिमलाई हराउनु नेपालको एक मात्र लक्ष्य हुनेछ । तर, अप्रत्यासित सफलता अनि त्यसमा प्रमुख हात रहेका प्रशिक्षकमाथि अकस्मातको निलम्बनले नेपाली टोली उच्च दबाबमा माले मैदानमा प्रस्तुत हुनेछ ।

राती नेपाली समयअनुसार पौने नौ बजे हुने फाइनलमा इतिहासमा पहिलो पटक फाइनल प्रवेश गरेको नेपालले आफ्ना सबै अस्त्रको प्रयोग गर्नुपर्नेछ ।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालको प्रदर्शन कहिले पनि सेमिफाइनल भन्दा माथि हुन सकेको थिएन । तर, यसपाली नेपालबाट धेरै अपेक्षा गरिएको छ ।

उप विजेताको उपाधि कम्तिमा सुरक्षित गरिसकेको मुलुकको राष्ट्रिय टिमसँग देशभरका नागरिकको अपेक्षा उपाधि नै छ, यसमा नेपाली टिमका खेलाडिले कत्तिको उच्च मनोबलमा खेल्नेछन्, त्यही कुराले नतिजा बताउनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी