दमौली अस्पताललाई रेडक्रसको स्वास्थ्य सहयोग

  • ख-
  • ख+

दमौलीः नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले दमौली अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा रेडक्रसले दमौली अस्पताललाई मङ्गलबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रदीप घिमिरेले दमौली अस्पतालका मेसु डा. सुनिल पौडेललाई ती सामग्री हस्तान्तरण गरे । अस्पताललाई दश हजार थान मास्क, पाँच सय ७६ थान स्यानीटाइजर तथा तीन हजार थान पञ्जा हस्तान्तरण गरिएको स्टप दि स्प्रिड कार्यक्रमका फोकल पर्सन अनुज बिमलीले दमौली न्यूजलाई जानकारी दिए ।

कार्यक्रममा रेडक्रस तनहुँका सभापति कृष्णहरि वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, प्रहरी उपरिक्षक दिनेशराज मैनाली, रेडक्रस केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक सन्देश थापा, तनहुँकी मन्त्री चिनु पोखरेल लगायतको उपस्थिति थियो ।
फाउण्डेशनको सहयोगमा बन्दीपुरका छ खोप केन्द्रमा स्वयंसेवक परिचालन गरिएको बिमलीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी