सहपाठीको स्मृतिमा आदिकविका विद्यार्थीबाट एक लाखको छात्रवृत्तिकोष

  • ख-
  • ख+

दमौलीः आफ्नी सहपाठी कल्पना श्रेष्ठको स्मृतिमा आदिकवि भानुभक्त क्याम्पसमा शिक्षाशास्त्र स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीले एक लाख १९ हजारको छात्रवृत्ति अक्षयकोष खडा गरेका छन् ।

विज्ञान शिक्षा विषयमा अध्ययनरत विद्यार्थिहरुले आइतबार बिहान सहपाठीश्रेष्ठको स्मृति दिवसको अवसरमा एक स्मृति सभाको आयोजना गरी चेक रकम क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई हस्तान्तरण गरेका छन् ।

स्मृति सभामा सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी विज्ञान तथा प्रविधी विभाग प्रमुख राजन घिमिरे, प्राध्यापकहरु – सागर न्यौपाने, प्रकाश गैह्रे, रविन केसी , स्व. बुद्ध पन्थका पिता रामचन्द्र पन्थ, प्रशाशकिय अधिकृत वसन्ति थापा र स्नातक चौथो वर्ष विज्ञान शिक्षामा अध्यनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

आफ्ना २ सहपाठी मित्रहरूको स्मृतिमा उनीहरुले कोषको स्थापना गरेका हुन् । उनीहरुले उक्त कोषको नामाकरण आफ्ना २ स्वर्गीय सहपाठी – कल्पना श्रेष्ठ र बुद्ध पन्थको नामवाट ’कविता बुद्ध स्मृति विज्ञान अक्षय छात्रवृत्ति कोष’ राखेका छन् ।

दुई वर्षअगाडि स्नातक तह प्रथम वर्षमा अध्ययनरत ब्यास–२ निवासी कविता श्रेष्ठ को उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौंमा र ब्यास–१ निवासी वुद्ध पन्थको मुग्लिन चितवन सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो ।

स्मृति सभामा बोल्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विद्यार्थीहरुले आफ्ना स्वर्गीय सहपाठी मित्रहरु प्रतिको प्रेम, स्नेह र संझनालाई अमर राख्न कल्याणकारी भावनाले अक्षय कोष खडा गरेकोमा क्याम्पसका तर्फवाट धन्यवाद दिदै क्याम्पसलाई प्रदान गरिएको उक्त रकम क्याम्पसको नाममा बैंकमा मुद्दती खाता खोली जम्मा गर्ने र त्यसवाट आउने ब्याजबाट स्नातक तहमा विज्ञान शिक्षा विषय लिई अध्ययन गर्ने जेहेन्दार र विपन्न विद्यार्थीहरुलाई वर्षेनी छात्रवृत्ति प्रदान गर्ने बताए ।

सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, विभागीय प्रमुख राजन घिमिरे, विद्यार्थी मुस्कान गुरुङ, संगीता श्रेष्ठ तथा सन्देश अधिकारीले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी