कांग्रेस अधिवेशनः ऋषिङका सबै वडामा सबै पद सर्वसम्मत (कहाँ को सभापति ?)

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकामा कांग्रेस वडा अधिवेशनअन्र्तगत सबै क्षेत्रमा सबै पदमा सर्वसम्मति भएको छ । शुक्रबार सम्पन्न वडा अधिवेशनबाट आठवटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि दानबहादुर श्रेष्ठले दमौली न्यूजलाई जानकारी दिए ।


उनका अनुसार ऋषिङ मा १ सबिना राना, ऋषिङ २ मा खेमबहादुर राना, ३ मा दुर्गाबहादुर राना तथा ४ मा प्रेमकुमार श्रेष्ठ सर्वसम्मत सभापति चयन भएका छन् ।

यसैगरी, ऋषिङ ५ मा केशर थापा, ६ दानबहादुर आले, ७ दुर्गाबहादुर थापा तथा ८ मा भरतकुमार श्रेष्ठ सर्वसम्मत पार्टी वडा सभापति चयन भएका छन् ।

सबै वडामा सबै पद सर्वसम्मत गर्ने तनहुँमा ऋषिङ पहिलो तह बनेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी