देवघाट: तनहुँ देवघाट का दुई पुरुष चितवनमा संक्रमित भेटिएका छन् ।
चितवन मेडिकल कलेजमा परीक्षण गराउन गएका दुवैमा संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।संक्रमित देवघाट ५ का २७ र ५८ वर्षका हुन् ।
यसैगरी, बिपी कोइराला क्यान्सर अस्पतालमा स्याङ्जाका एक र चितवन मेडिकल कलेजमा नवलपरासी बर्दघाट सुस्ता पूर्वका आठ गरी ११ नयाँ संक्रमण प्रदेशमा भेटिएको निर्देशनालयले जनाएको छ।