ऋंगपथ सडकः अविरल वर्षापछि अजम्बरीमा फेरि पहिरो, यातायात अवरुद्ध (तस्बिरहरु)

  • ख-
  • ख+

ऋषिङः अविरल वर्षापछि ऋषिङ गाउँपालिकाको ऋंगपथ फेरि अवरुद्ध भएको छ । अजम्बरी तीर्थस्थल नजिकै ठूलो पहिरो खसेर सडक नै आधा भासिए पछि स्थानीय हिंड्न बाध्य भएका छन् ।

अझै पानी परिरहने र पहिरो झरिरहने भए आधा सडक पनि खस्ने देखिएको स्थानीय स्वास्थ्यकर्मी संकल्प श्रेष्ठले दमौली न्यूजलाई जानकारी दिए । हिलो भएका कारण हिंडडुलमा समेत कठिनाइ भएको भनाई स्थानीयको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा सो सडक मर्मतको काम भैरहेको थियो । काम चलिरहेकै बेला आईतबार राती पहिरो आए पछि सोमबारबाट यातायात पूर्ण अवरुद्ध भएको स्थानीयको भनाई छ ।

पहिरो नरोकिंदासम्म सडकको मर्मत गर्न नसकिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी