बिबिएमा आदिकविको शत प्रतिशत नतिजा

  • ख-
  • ख+

दमौलीः आदिकवि भानुभक्त क्याम्पसले बिबिए पहिलो सेमेस्टरमा शत प्रतिशत नतिजा ल्याएको छ ।

आइतबार प्रकाशित नतिजा अनुसार परिक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरु उत्तीर्ण भएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।

व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा सञ्चालनमा आएका शैक्षिक कार्यक्रमहरु मध्ये बीबीएलाई एक आकर्षक रोजगारमुखी उच्च शिक्षाको कार्यक्रम रूपमा लिने गरिएको छ ।
तनहुँ, लम्जुङ र गोरखा जिल्लामा बीबीएको सम्बन्धन पाउनेमा आदिकवि भानुभक्त क्याम्पस एक्लो भएको क्याम्पसको भनाई छ ।

बीबीएमा भर्नाको चाप भए पनि सीमित कोटाका कारण धेरै विद्यार्थी भर्ना गर्न नसकिएको क्याम्पस प्रमुख हड्खलेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी