ऋषिङमा नेवारी सांस्कृतिक प्रदर्शनी (तस्बिरहरु)

  • ख-
  • ख+

ऋषिङः तनहुँको सांस्कृतिक गाउँ ऋषिङमा नेवारी समुदायको सांस्कृतिक प्रदर्शनी गरिएको छ । गाईजात्रा पर्वको अवसरमा भीमसेन नेवाः खलले गाउँपालिकासँगको सहकार्यमा कार्यक्रम गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले विकास निर्माणसँगै संस्कार र संस्कृति संरक्षणले पर्यटन विकासमा टेवा पुग्ने बताए । यसका लागि पनि समुदायले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुनेमा उनले जोड दिए ।

‘प्राकृतिक बिपत्तिका कारण ऋषिङको समृद्धिका लागि केही कठिन परिस्थिती आएता पनि सबैको ऐक्यबद्धताले सहजै परास्त गर्नेछौं,’ उनले भने,‘त्यसैले समग्र ऋषिङ्ग एक ढिक्का भएर लाग्नुपर्छ ।’

सो अवसरमा नेवार समुदायका गाईजात्रा सहित परम्परागत नृत्यहरु, लाखे नाच आदि प्रस्तुत गरिएको थियो ।

खलःका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेवाः खलका सल्लाहकार दानबहादुर श्रेष्ठ, ऋषिङ्ग गाउँपालिकाका न्यायिक समिति सदस्य भरतकुमार श्रेष्ठ, कार्यपालिका सदस्य यमुना श्रेष्ठ, उपाध्यक्ष रमेशकुमार श्रेष्ठलगायतले बोलेको संस्थाका सचिव गणेशकुमार श्रेष्ठले जानकारी दिए ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी