व्यास कार्यपालिका निर्णयः व्यास नगरपालिकामा साउनभित्र विव्यस गठन, ‘भौतिक दूरी कायम गरेर निर्वाचन’

  • ख-
  • ख+

दमौलीः अवधि सकिएको भन्दै विघटन गरेको नगरपालिकाले साउन मसान्तभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको नगर कार्यपालिका बैठकले भौतिक दूरी कायम गर्दै साउन मसान्त भित्र अभिभावकहरुबाट व्यवस्थापन समिति गठन गर्न विद्यालयहरुलाई निर्देशन पनि जारी गरेको छ ।

अहिले नगरपालिकामा वडाध्यक्षको नेतृत्वमा बनेको समन्वय समितिबाट विद्यालयका काम अघि बढिरहेका छन् । कांग्रेसको बाहुल्यता रहेको नगरमा कांग्रेसको स्थानीय चुनावपूर्व विव्यस चुनावमा आकांक्षीको व्यवस्थापन समते हुने विश्वासका साथ यो निर्णय गरिएको नगरपालिका निकट श्रोत बताउँछ ।

बैठकले निषेधाज्ञा अवधिभर भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न सबै सामुदायीक एवं संस्थागत विद्यालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी