कोभिड संकट :परीक्षा स्थगित गर्न शिक्षालाई स्वास्थ्यको सिफारिस

  • ख-
  • ख+

काठमाडौँ: कोरोना संक्रमण बढ्ने क्रममा छँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ।

पछिल्लो समय कोरोना संक्रमण बढ्ने क्रममा छ । सोही अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सावधानी अपनाउन भन्दै शुक्रबार शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको हो ।

स्वास्थ्य मन्त्रालयले अहिले चालु तथा निकट भविष्यमा सञ्चालन गरिने भनिएका परीक्षा स्थगित गर्न सिफारिस गरेको हो। परीक्षा भन्दा पनि लाखौँ विद्यार्थीको जीवन रक्षाका लागि आफूहरु संवेदनशील रहेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।

राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा यसबारे लेखेर सीसीएमसीलाई परीक्षा स्थगनका लागि सिफारिस गरेको जनाएका छन् । स्वास्थ्य मन्त्रालयको उक्त सिफारिस अनुसार हाल सञ्चालन भइरहेको स्नातकोत्तर साथै कक्षा १२ को परीक्षा प्रभावित हुनेछन् ।

annapurna post

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी