दुवै मृगौला फेल भएका गुरुलाई विद्यार्थीको गुरु दक्षिणा ५ लाख

  • ख-
  • ख+

दमौली:वर्षौ लामो शिक्षण पेशामा संलग्न भएर धेरै शिष्य जन्माए बुद्धिबहादुर थापाले । ऋषिङ १ झापुटारका यी निवासीले धेरैलाई जीवनको बाटो देखाए । तर पछिल्लो केही समययता थलिएका उनको दुवै मृगौलाले काम गर्न छोडेको छ ।


चिकित्सकले लाखौं खर्च लाग्ने भनेका छन् । तर जीवन शिक्षामा अर्पिएका उनले धेरै जोहो गर्ने सकेनन् । पछिल्लो समय उनले शिक्षा क्षेत्रको लामो यात्राको एक कालखण्ड पुरा गरेको शान्ति वर्ष अङ्ग्रेजी माविका पूर्व विद्यार्थीले भने उनको उपचारमा दिल खोलेर सहयोग जुटाउन थालेका छन् ।


दमौली न्युजमा समाचार आए पछि अहिले विद्यालयका अरु समूहले पनि सहयोग थालेको छ। यस्तोमा विद्यालयको २०५६/५७ एसएलसी ब्याचका विद्यार्थीहरुले गुरु पूर्णिमाको अवसर पारेर पाँच लाख सहयोग गरेका छन् ।

सो ब्याचका सदस्य रमेश गिरी, धनबहादुर तामाङ, नवराज थापा, प्रेम गुरुङ र दुर्गाराज थापाले रकम हस्तान्तरण गरेका थिए ।


अहिले अन्य क्षेत्र र ब्याचका विद्यार्थीबाट पनि सहयोग उठाएर शिक्षक थापाको उपचारमा सघाउने सहयोग अभियानका अर्का सदस्य दुर्गाराज थापाले बताए ।

देश तथा विदेशमा रहेका पूर्व विद्यार्थीबाट संकलित रकम गुरु पूर्णिमाका दिन गुरु दक्षिणाका रुपमा सघाएको एक सदस्य एवं जेशिआई व्यास नगरका पूर्व अध्यक्ष रमेश गिरीले दमौली न्यूजलाई जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी